Aafno Khabar

आजकाे माैसम : मध्य र पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने

  • February 21, 2020 प्रकाशित

काठमाडाैं । शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुराेध गरेकाे छ ।

पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने महाशाखाले जनाएकाे छ । यस्तै, मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना छ।