Aafno Khabar

एकपटक पढनै पर्ने दाजुभाईको कथा

  • २०७६ फाल्गुन ७ गते १३:११ प्रकाशित

कुनै एउटा गाउँमा दुई जना दाजुभाइहरु बस्दथे ,
उनीहरु एक आपसमा धेरै माया गर्दथे ।
खेत अलग–अलग थियो तर नजिकै । आमने–सामने ।

ठुलो दाइ विवाहित थिए ।

सानो भाई अविवाहित ।

एकपटक धानको खेती यति धेरै राम्रो भयो कि सोचे भन्दा धेरै नै बढी धान फल्यो ।

काम गर्दा गर्दै दाइले छेउकै खेतमा काम गरिरहेको भाइलाई खेत हेरिदिन भनेर खाना खानको लागि गए ।

उ जाने बित्तिकै भाइले सोच्न थाल्यो । खेती धेरै नै राम्रो भएको छ यो वर्ष , धान पनि धेरै फलेको छ । म एक्लो छु , म एक्लैले कति नै खान सक्छु र ? ५–७ मुरी धान भए एक वर्षलाई पुगिहाल्छ , ठूलइ को त घर–गृहस्ती छ । भाउजू र बाल बच्चाहरु पनि छन । मेरो लागि भन्दा पनि यो अन्न दाजुलाई नै धेरै आवश्यक छ ।

यस्तो विचार गरेर भाईले १० बोरा धान
ठूल्दाइको रासमा हालिदिन्छ ।

यत्तिकैमा दाइ खाना खाएर फर्किन्छ ।
ऊ आउने बित्तिकै भाइ पनि खान खानको लागि जान्छ,
भाई जाने बित्तिकै दाईले विचार गर्छ ‘ मेरो घरपरिवार त जेनतेन चलिनै रहेको छ, मलाइ साथ दिने बुढी र बालबच्चाहरु पनि छन । भाई एक्लो छ , उसको त अझै बिहेवारी–घरजम बासाल्नै बाँकी छ , जागिर नभएको विचरा उसको आम्दानी भनेको यहि धान बेचेर आउने दुई चार पैसो न हो,
मलाई भन्दा त यो अन्न को आवश्यकता उसलाई नै बढी छ ।’

यति विचार गरेर दाईले १० बोरा धान भाइको धानको रासमा लगेर हालिदिन्छ ।

दुवै भाइहरुको मन मा हर्ष थियो ।
अन्न जति को त्यति नै थियो तर
माया, हर्ष र स्नेह बढिरहेको थियो ।

(यो कथाले दिन खोजेको सन्देश के हो भने, लोभ, लालच नभइ सच्चा मनले गरेका कर्म र सोचाइले जीवनमा कहिल्यै नराम्रो गर्दैन )