काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग एकाएक विवादमा आएका छन् । मुख्यमन्त्री विवादमा मुछिनुको कारण भने अनौठो छ । मुख्यमन्त्री गुरुङ्गले मदिरा पार्टी गरेर विवादमा आएका हुन् । मदिरा पार्टी त्यो पनि कार्यकक्षमै ? सुन्दा अनौठो लाग्ने काम गरेका तस्वीर अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देख्न सकिन्छ ।
तस्वीरमा मुख्यमन्त्री गुरुङ्गले मदिराको बोटल हालतमा लिएका छन् भने गिलासमा समेत मदिरा राखिएको छ । त्यस्तै उनको अघि दुई महिलाहरु रहेका छन् । त्यस्तै मुख्यमन्त्रीकै अगाडी अन्य वाइनका बोटल समेत रहेका छन् । मुख्यमन्त्री गुरुङ्गले हातमा लिएको बोटल रेडलेबल ब्राण्डको मदिरा जस्तो देखिन्छ ।
मुख्यमन्त्रीले कार्यकक्षमै मदिरा पार्टी गरेको तस्वीर पूर्वसचिव भीम उपाध्यायाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । पूर्वसचिव भीम उपाध्यायले मात्रै होइन, मुख्यमन्त्री गुरुङ्गले मदिरा पार्टी गरेको तस्वीर सामाजिक सञ्जालमा थुप्रैले शेयर गरेका छन् ।
मुख्यमन्त्री गुरुङ्गले मदिरा पार्टी आयोजना गरेको तस्वीर सामाजिक सञ्जालमा बाहिरिएको बिषयमा जानकारी लिन प्रेस सल्लाहकार सूर्य गुरुङ्गले शुक्रवार आफू बाहिर रहेकाले यस बिषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।