Aafno Khabar

प्रेम दिवसको नाममा १ करोड ६० लाख रुपैयाँ भारतिय गुलावमा लगानी

  • आफ्नो खबर
  • February 14, 2020 प्रकाशित

काठमाडौं । प्रेम दिवसका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ ।

फ्लोरीकल्चर एसोसिएसनका अनुसार फेबु्रअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।

प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको छ ।

प्रेममा रम्ने र रमाउनेका लागि मुख्य रोजाइमा पर्ने फेबु्रअरी १४ अर्थात प्रेम दिवसको प्रभाव पछिल्लो समय नेपालमा पनि पर्न थालेको छ । नेपालमा प्रेम दिवसको अवसरमा मात्र २ लाख स्टिक फुल खपत हुने अनुमान गरिएको छ ।

नेपालमा चाँडपर्व बाहेकको सामान्य दिनमा प्रतिदिन सरदर ८ हजार स्टिम गुलाव फुलको माग रहने गरेको छ । नेपालमा वर्षभरी करिव १ करोड ६० लाख स्टिम गुलाब खपत हुन्छ । यो मध्य २५ प्रतिशत गुलाव मात्र नेपालमा उत्पादन हुने तथ्याङकले देखाउने गरेको छ । ७५ प्रतिशत गुलाव भारतबाट आयात हुन्छ ।