कामठाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्न गिरिजाप्रसाद कोइरालाले आग्रह गरेको बताउनुभयो ।
१२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको डा. भट्टराईको भनाई छ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो ।
पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुप¥यो भनेर चाँही भन्नुभएको हो ।
प्रचण्डको बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने र उत्तेजना फैलाउने स्वभाव भएको डा. भट्टराइले बताउनुभयो ।