Aafno Khabar

उद्वार पहिले चीनमा रहेका नेपालीसँग सरकारकाे ६ बुँदे शर्तनामा

  • February 13, 2020 प्रकाशित

काठमाडौं । कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपालीहरुलाई सरकारले शनिबार उद्दार गर्ने तयारी गरेको छ ।

नेपालमा क्यारेन्टाइन लगायतका सबै तयारी पूरा भएपछि वुहानमा रहेका नेपालीलाई ल्याउन लागिएको सरकारले जनाएकाे छ । वुहानमा रहेका नेपालीलाइ नेपाल ल्याउनुपूर्व उनीहरुले मञ्जुरीनामा गर्नुपर्ने भएको छ ।

बेइजिङस्थित नेपाली दूताबासले निकालेको सूचनाअनुसार ६बुँदे शर्तहरु पालना गर्छु भनेर शर्तनामा गरेपछि मात्र नेपालीहरू नेपाल अाउन पाउनेछन्  । शर्तहरुमा सरकारले तोकेको क्वारेन्टाइननमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने छ भने आफन्तहरुसँग भेटघाट गर्न नपाइने छैन ।

शर्तनामा पालना गर्न सहमत भएको र पालना नगरे कानून बमोजिज सहुँला, बुझौंला भनेर शर्तनामामा हस्ताक्षर गर्नुपर्ने दूताबासले जनाएको छ । वुहानबाट उद्दार गरिएकाहरुलाई खारिपाटीमा राख्ने सरकारको तयारी छ ।