एजेन्सी । जब मानिसहरुसँग प्रशस्त धन हुन्छ, तब उनीहरुको जीवनशैली स्वतः रुपमा बदलिने गरेको पाइन्छ । सामान्य स्तरबाट उठेको मानिस नै किन नहोस, उ सँग प्रशस्त धन भएपछि उसका हरेक क्रियाकलाप परिवर्तन हुने गरेको कुरा हाम्रो समाजमा पनि कयन देखेका छौ ।
अझ नेपाली समाजमा त समान्य अवस्थमा नै सामाजिक तडक, भडक अलिक बेशी हुन्छन् । नेपालका सरकारी निकायदेखि राजनीतिज्ञसम्म र व्यापारिदेखि उद्योगीसम्ममा धन दौलत र सामाजिक रवाफको नमुना नै देख्न पाइन्छ । आफ्नो धरातल बिर्सेर लुटमा मस्त रहेका केही मानिसहरु त भ्रष्ट्राचारको आरोपमा सामाजिक हैसियत गुमाउन पनि पुग्छन् ।
मैले गरिवी देखेको छु, मैले पढ्न पाइनँ, त्यसैले मैले स्कूल बनाइदिएँ । त्यसमा हजारौँ बालबालिका निःशुल्क पढ्छन । वालवालिकाका निम्ति फुटबल स्टेडियम बनाइदिएँ । आज मसित धेरै सम्पत्ति, छ तर म देखाउनमा विश्वास गर्दिन बरू मसँग भएको सम्पती अरूलाई विविध माध्यमबाट बाँडन चाहन्छु ।
तर, यही विश्वमा यस्ता मानव पनि छन, जसले वार्षिक मिलियन डलर कमाउँछन र पनि उनीहरुको सादगी जीवनबाट हर मानिस नतमस्तक हुन्छ । तीमध्यका एक हुन अफ्रिकी देश सेनेगलका फुटबलर सदियो माने ।
सेनेगलका मानेले बेलायतको फुटबल क्लव लिभरपुलबाट व्यवसायिक फुटबल खेल्छन् । फुटबल जगतको एक हस्ती मानिने मानेको फुटबल खेल्ने क्षमताबाट प्रभावित नहुने र उनको खेल कौशलको प्रशंशा नगर्ने व्यक्ति सायद होलान । त्यसैले त विश्वको प्रतिष्ठित क्लव लिभरपुरले उनका लागि लगभग ६.८ मिलियन डलर खर्चेको छ ।
बार्षिक ६.८ मिलियन डलर आम्दानी गर्ने मानेको जीवनशैली भने अचम्म लाग्दो छ ।
सामान्य आम्दानीमा पनि जीवनलाई तडगभडग बनाउने मानिसहरुका लागि माने एउटा गतिलो उदाहरण हुन । जसले एउटा फुटेको मोवाइल बर्षौदेखि चलाइरहेका छन् । उनलाई धेरै ठाउँमा फुटेको फोन चलाइरहेको अवस्थामा देखेपछि एउटा कार्यक्रममा फोनबारे मानेलाई प्रश्न पनि सोधियो । तपाई नयाँ फोन किन लिनुहुन्न ?
उत्तरमा मानेले भने, ‘म यो फोनलाई रिपीएर गरेर चलाउँछु ।’ चाहना हुने हो भने मैले हजारौ यस्ता फोन किन्न सक्छु । तर, मैले मेरा लागि सुन, चादी, महँगा मोवाइल, कार, घडीको आवश्यकता महशुष गर्दिन । मैले गरिवी देखेको छु, मैले पढ्न पाइनँ, त्यसैले मैले स्कूल बनाइदिएँ । त्यसमा हजारौँ बालबालिका निःशुल्क पढ्छन । वालवालिकाका निम्ति फुटबल स्टेडियम बनाइदिएँ । कुनै समय मसँत जुत्ता थिएन, म जुत्ता बिना नै फुटबल खेल्थे, राम्रा लुगा थिएन, भोजन थिएन । आज मसित धेरै सम्पत्ति, छ तर म देखाउनमा विश्वास गर्दिन बरू मसँग भएको सम्पती अरूलाई विविध माध्यमबाट बाँडन चाहन्छु ।’
यी २८ वर्षीय फुटबलर सदियो मानेको जीवनशैली तड्क भड्क जीवन चाहने र सामान्य धन सम्पतीमा पनि अहमता देखाउनेका लागि गतिलो उदाहरण बन्न सक्छ ।