काठमाडौं । सन्दीप लामिछाने नेपालका लागि एकदिवसीय क्रिकेटमा एउटै खेलमा धेरै विकेट लिने खेलाडी बनेका छन्।
नेपालमा आयोजना भएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग – २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका हुन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा सन्दीपले धातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरे । उनले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिए ।
यसअघि सोमपाल कामीले एकै खेलमा ५ विकेट लिएका थिए । गत वर्ष नेपालले यूएई टुर गर्दा सोमपालले दोस्रो खेलमा ५ विकेट लिएका थिए ।