Aafno Khabar

रोशन र विष्णुको गैरी खेतैमा भाइरल बन्दै,छोटो समयमै बनायो यति धेरै दर्शक

  • २०७६ माघ २२ गते ०९:४८ प्रकाशित

लोकप्रिय गायक रोशन गैरे र विष्णु माझीको आवाज रहेको नयाँ गीत गैरी खेतैमा सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्न सफल भएको छ ।
गीतले डिजिटल माध्यममा दुई लाख पचास हजार हाराहारीमा दर्शक बनाउन सफल भएको छ । रोइला गीतबाट चर्चामा रहेका रोशनको सेन्टी गीत समेत सफल बन्ने देखिएको छ ।

गीत सार्वजनिक भए पछि सबै बाट राम्रो प्रतिक्रियाहरु आइरहेको रोशनले हामीलाई बताउनु भयो । गीत टिकटकमा भाइरल जस्तै छ । आफुले मन पराएकी प्रेमीका अर्कैले लगे पछि कस्तो पिडा हुन्छ होला ? त्यो पिडाको गीतले उत्कृष्ट रुपमा कथा र गीत बाट उठाएको छ ।

आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रोशनले प्राय रमाइला गीतहरू गाउने गर्छन् तर यो पटक भने उनले माया प्रेममा विछोडको गीत गाएका छन् । गैरी खेतमाको टिकटक ५० हजार भन्दा धेरै भिडियो बनेका छन ।

गीतलाई रोशन आफैले लेखेका हुन भने कृष्ण सापकोटाले लय सिर्जना गरेका छन् । गीतको म्युजिक भिडियो निर्देशन राजीव सुमारले गरेका छन् भने हास्य कालाकर बलेले यो पटक विरहको गीतमा दमदार अभिनय गरेका छन् । भने उनलाई अभिनयमा जुना सुन्दासले साथ थिएकी छन ।

गीतको पूर्ण सफलताको शुभकामना सहित सो गीतको म्युजिक भिडियो यहाँ हरुको लागि

सम्बन्धित शीर्षकहरु