Aafno Khabar

घरमै पालेको कुकुरले तीन महिने शिशुको गुप्ताङ्ग खाइदिएपछि…

  • २०७६ माघ १४ गते १२:५२ प्रकाशित

कालीकोट । कालिकोटमा एक तीन महिने शिशुको गुप्ताङ्ग कुकुरले खाइदिएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा सोमवार दिउँसो तीन महिने बालक अविनास दर्जिको गुप्ताङ्ग घरमै पालेको कुकुरले खाइदिएको हो ।

हेर्दैमा डरलाग्दो गरी गुप्ताङ्ग कुकुरले खाईदिएर क्षदबिक्षद बनाइदिएपछि परिवार विछिप्त बनेको छ । घरमा कोही नभएको बेला घरैको कुकुरले बालकको गुप्ताङ्ग खाइदिएर शख्त घाइते बनाएको हो । हर्ष दर्जी र संगिता दर्जीका छोराको घरमै पालेको कुकुरले सोमबार सुतिरहेको अवस्थामा गुप्ताङ्ग लगायतका अन्य ठाउँहरुमा पनि टोक्दा बालकको अवस्था गम्भिर रहेको सिप्खाना स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज शाहीले बताउनुभयो ।

बालकको परिवारमा औषधी उपचार गर्ने आम्दानीको स्रोत केही पनि छैन । अरूको लुगा सिलाएर परिवारको छाक टादैँ आएका हर्ष दर्जि छोरोको गुप्ताङ्ग कुकुरले खाएपछि होस समेत गुमाएका छन् । बुवा हर्ष दर्जि बोल्न सक्दैनन् । इन्चार्ज धर्मराज शाहीले भन्नुभयो सबैले सहयोग उठाएर सुविधा सम्पन्न अस्पतालमा लिए वच्चा बचाउन सकिन्छ की रु

बच्चा बचाउनका लागि सबैले सहयोग गरिदिन संगिताले रुदै आह्वान गर्नु भएको छ । बालको यपचारका लागि रास्कोट नगरपालिकाले सहयोग गर्ने बताएको छ । स्थानीयको सहयोगमा बालकको उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

सम्बन्धित शीर्षकहरु