Aafno Khabar

६ जना नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका

  • आफ्नो खबर
  • January 24, 2020 प्रकाशित

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भईसकेको छ । यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।

उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ । यसरी संक्रमणकाे आशंका लागेका व्यक्तिलाई विमानस्थलबाट साेझै अस्पतालमा ल्याउन र उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ ।

कोरोना भाइरसको आशंका गरिएका विरामीलाई अस्पतालमा छुट्टै कक्षमा राखेर उपचार थालिएको टेकु अस्पतालले जनाएको छ ।