Aafno Khabar

इराकमा रहेकाे अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

  • २०७६ माघ ७ गते ०२:१९ प्रकाशित

एजेन्सी ।  इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएकाे छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेकाे अमेरिकी दूतावास नजिकै तीनवटा रकेट खसालिएकाे छ।

घटनामा भएकाे क्षतिबारे कुनै जानकारी आएकाे छैन। रकेट आक्रमण लगत्तै साइरन बजेकाे थियाे।

आजतकका अनुसार मंगलबार बगदाद बाहिर जफरनियाह जिल्लाबाट रकेट प्रक्षेपण गरिएको थियो। अमेरिकी दूतावास नजिकै यसअघि पनि रकेट आक्रमण भएकाे थियाे।