विगतमा नेपालमा हुने अधिकांश विवाह परिवारका सदस्यले मिलाउने विवाह हुन्थ्यो । यस्तो विवाहमा सांस्कृतिक र धार्मिक पक्षलाई सबैभन्दा बढी ख्याल गरिन्छ ।
बालअधिकार अभियानकर्मीका अनुसार कम उमेरमा भागेर ‘लभ म्यारिज’ गर्नेको सङ्ख्या बढेपछि चिन्ता थपिएको छ । वालविवाह अन्त्य गर्न स्थापना गरिएको विश्वव्यापी सञ्जाल ‘गर्ल्स नट ब्राइड्स नेपाल’ले सन् २०१४मा सञ्चालन गरेको एक सर्वेक्षण अनुसार नेपालमा भइरहेको बालविवाहमध्ये एक तिहाई जोडीबीच सहमतीमा हुने भएका छन् । र अझ यस प्रवृतिमा वृद्धि भइरहेको छ ।
‘यो अभ्यासले हामी र सरकारमाथि चुनौती निम्त्याइरहेको छ । बरु आमा–बुवालाई सम्झाउन सकिन्छ तर आफ्नै छनोटले विवाह गर्ने कम उमेरका केटा–केटीलाई सम्झाउन गाह्रो छ,’ ‘गल्स नट ब्राइड नेपाल’की आनन्द तामाङले भनिन् ।
‘आफ्नै भविष्यलाई छलेछु ’
आनन्दका अनुसार जोडीबीच एकआपसमा सहमति भएर हुने बालविवाहमा पनि परिवारले जबरजस्ती गर्ने बालविवाहमा जस्तै जोखिम देखिन्छ । समस्यामा मुख्यतः विद्यालय छाड्ने, घरेलु हिंसा र स्वास्थ्य समस्या देखिन्छन् ।
आनन्दका अनुसार भागेर विवाह गर्दा पहिलो समस्या युवतीले परिवारसँग तिक्त सम्बन्ध बेहोर्नुपर्छ ।
विवाहपछि कार्कीले पनि विद्यालय छाडिन् । पछि उनी श्रीमानको घरको काम र अन्य जिम्मेवारी मा व्यस्त रहनुपर्ने अवस्था आयो । त्यसको केही पछि उनले आफू गर्भवती भएको थाहा पाइन् ।
‘गर्भवती हुदाँ म १६ वर्ष मात्रै भएकी थिएँ । त्यो उमेरमा म त्यसको लागि तयार थिइनँ,’ आफ्नो दुई वर्षको बच्चालाई काखमा लिएकी कार्कीले भनिन् ।
‘मैले अभिभावलाई छलेर विवाह गरेको थिएँ । तर खासमा मैले आफू र आफ्नो भविष्यमाथि छल गरिरहेको थिएँ,’ उनले भनिन् ।
कम उमेरमा बच्चा जन्माउदा शरीर परिपक्व नहुने भएकाले उनलाई आङ खस्ने समस्य भयो । यौनाङ्गबाट पाठेघर बाहिर आउन खोज्ने यो समस्या निक्कै पीडादायी हुनेगर्छ ।
‘निक्कै दुःख पाएँ । म अहिले पनि अक्सर मेरा साथीहरुलाई हेर्छु र विवाह नगरेको भए म कहाँ हुन्थे होला भन्ने कल्पना गर्छु,’ उनले थपिन् ।
नेपाल सरकारले सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने राष्ट्रिय योजना अबलम्बन गरेको छ ।
यस योजनामा त्यस्ता विवाहमा संलग्नमाथि कारबाही तथा जरिवानाको प्रावधान छ । तर सरकारी अधिकारी यो योजना समस्याको जरोमाथि प्रहार भए मात्र समाधान हुने विश्वास गर्छन् ।
‘गल्ती भयो ’
केही युवती आफूले मन पराएको भन्दा अरु केटासँग घरले विवाह गरिदिन लाग्दा चाँडै भाग्ने गर्छन् । त्यस्तै केही घरधन्दाबाट उन्मुक्त हुने आशामा र केही भने चाँही आफूभन्दा सम्पन्न युवकको प्रस्ताव अस्वीकार गर्न नसकेका चाँडै भाग्छन् ।
नेपालका गाउँघरमा विवाह अघिको सम्बन्धलाई त्यति नस्वीकारिने भएकाले जोडीहरु कम उमेरमै भाग्नुपर्ने मान्छन् । यसले तिनको सम्बन्धले वैधता पाउँछ । अन्यले भने लुकिछिपी सम्बन्धबाट गर्भ रहेपछि विवाह गर्न बाध्य हुन्छन् ।
उता सरकारी कार्यालयमा भने कम उमेरको विवाहलाई विरलै दर्ता गरिन्छ । अन्तरजातीय विवाहबाट क्रुद परिवारले विवाह टुटाउन आवश्यक ठानेमा बल्ल प्रहरीमा रिपोर्ट गराउँछन् ।
‘मुख्य कुरा शिक्षा हो यौनकार्यमा सहभागी हुन विवाह गरिरहनु पर्दैन भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ ,’ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका कृष्ण प्रसाद भुसालले भने ।
कार्की अहिले आफ्नो अनुभव बाँड्दै कम उमेरकी युवतीलाई सचेत गराउन लागेकी छन् । यसमा लागि उनी ब्रिटिस च्यारिटी भीएसओ नेपालद्वारा सञ्चालित ‘सिस्टर्स फर सिस्टर्स एजुकेसन’मा सहभागी छन् ।
‘चाँडै विवाह गर्ने मेरो निर्णय गलत थियो र त्यस बापत मैले ठूलो समस्या भोग्नु परेको छ तर मलाई आशा छ मानिस मेरो कथा सुनेर चाँडै विवाह गर्नबाट आफूलाई रोक्नेछन्,’ आशाले भनिन् । –