Aafno Khabar
add khanepani

आत्महत्याको सोच कसरी थाहा पाउने ? बच्नका लागि के गर्ने ?

  • January 19, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो समय नेपालमा आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्याको रुपमा देखिदै गएको छ । प्रहरीको तथ्याङ्कले नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको देखाउँछ ।

अनुसन्धानकर्ताहरूका अनुसार आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी हुन्छन । सडक दुर्घटना पनि धेरै मानिस आत्महत्याका कारण मर्छन । नेपालमा झुण्डिएर र विष सेवनबाट नै धेरै आत्महत्या हुने गरेका छन ।

एउटा व्यक्ति आत्महत्या गर्ने स्थितिमा पुग्नुको कारण र उसलाई त्यसो गर्नबाट जोगाउने उपाय के हुन सक्छन ?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझासँग बीबीसीले गरेको कुराकानीका आधारमा हामीले यो सामाग्री तयार पारेका छौ । 

आत्महत्याका कारण
सामाजिक
मनोबैज्ञानिक
जैविक कारण

सामान्यतः मानिस समाजमा एउटा इज्जत र सम्मानका साथ बाच्न चाहन्छ, तर कुनै कारणवस उसले समाजमा अपमानजनक महशुष गरेमा उ आत्महत्याको शिकार हुन सक्छ ।

मद्यपान सेवन, सम्बन्धमा चिसोपनता जस्ता कारणले मानिसमा मानसिक तनाव सिर्जना गर्न सक्छ जसले मानिसलाई आत्महत्याको शिकार बनाउँन सक्छ ।

आत्महत्या गर्ने सोच बनाएका मानिसलाई कसरी चिन्ने ?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझाका अनुसार कोही मानिसले निराशाजनक कुरा गरेको छ जीवनदेखि बिरक्त भएर बाँच्नुको अर्थ छैन मर्छु होला भन्ने आशयका कुरा गर्छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन ।

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले कहिल्यै पनि सकारात्मक सोच्न सक्दैनन् । हरेक कुरालाई निराशाजनक रुपमा ग्रहण गर्दा पनि उ प्रति शंका गर्नुपर्ने हुन्छ ।

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले जिम्मेवारी लिन चाहदैनन् । हरेक कुराको जिम्मेवारी अरुलाई सुम्पिन खोज्नु पनि आत्महत्याको एक लक्षण हो ।

साथीभाईसँग झर्कने, काम प्रति रुचि नराख्नु पनि आत्महत्याका लक्षण अन्र्तगत पर्दछन ।

रोकथामका उपाय
मथि उल्लेखित कुनै कारणबाट ग्रसित वा लक्षण देखा परेको व्यक्तिले आत्महत्याबाछ जोगित आफ्ना मनमा उब्जेका कुरा साथीभाई तथा परिवारसँग शेयर गर्ने ।

उच्च मनोवल बनाउने ।

एकान्तमा नबस्ने ।

हरेक कुराको नकारात्मक पार्ट भन्दा पनि सकारात्मक पाटो सोच्ने बानीको विकास गर्ने ।

आत्महत्याको ठूलो उपचार भनेको नै पारिवारिक तथा सामाजिक सर्पोट नै हो ।