Aafno Khabar
sanima bank

‘चल न माया चल’ लिएर ७ वर्ष पछि आए कृष्ण समीप सुवेदी

  • January 18, 2020 प्रकाशित

काठमाडौं । ख्यातिप्राप्त गायक कृष्ण समीप सुवेदीले ‘चलन माया चल‘’ लोकदोहोरी गीत बजारमा सार्वजनिक गरेका छन् । गीतसंगीतमा करिब ७ बर्ष पछाडी गायक सुवेदीले ‘चलन माया चल‘’ सार्बजनिक गरेका हुन् ।

चर्तित लोकदोहोरी आधुनिक, पप, गीत सार्बजनिक गरेका सुबेदीको अहिले आएको‘ चलन माया चल‘’ ले बजारमा चर्चा बटुल्न सफल भएको छ । गीतको शब्द तथा संगीत गायक स्वयं सुबेदीको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् ।

गीतको संगीत संयोजन आशिष अबिरको रहेका छन । पछिल्लो समयमा सबैले एकदमै आशा गरेका निर्देशक सन्तोष राजबहाकको निर्देशनमा तयार गरिएको उक्त भिडियो छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको छ ।

सम्बन्धित शीर्षकहरु