काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानी पोखरीले गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुने जनाएको छ।
मेट्रो प्रमुख विश्वराज पोखरेलले आस्था राउतले सामाजिक सञ्जालमा लाइभ गर्दै बोलेको विषयमा गम्भीर अनुसन्धान हुने बताउनुभएको छ ।
‘यो कुनै व्यक्तिविरुद्ध नभएर संस्थाकै बदनाम गरिएको विषय भएकाले प्रहरीले गम्भीरतापूर्वक लिएको उहाँको भनाई छ ।
गायिका राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तल्लो दर्जाका प्रहरीबाट आफूविरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरी संगठन विरुद्ध नै आक्रोश व्यक्त गर्दै फेसबुक लाइभ गरेकी थिइन्। प्रहरी र संगठनविरुद्ध अपशब्द प्रयोग भएको भन्दै त्यसविरुद्ध प्रहरीले गम्भिर अनुसन्धान गर्ने उहाँको भनाई छ ।
सिसिटिभी फुटेज र सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर घटनाबारे छानबिन गरिने बताइएको छ ।