Aafno Khabar
sanima bank

तन्त्रविद्याको विज्ञ भनेर प्रचार गर्ने गुरु ठगीको आरोपमा प्रहरी फन्दामा

  • January 13, 2020 प्रकाशित

काठमाडौं । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् ।

‘अरु पनि पीडित हुन सक्छन् । हामी अनुसन्धान गरिरहेका छौं’, थापाले भन्नुभयो ‘चेक रिपब्लिक पठाउने भनिए पनि भण्डारीको त्यस देशमा पठाउनलाई कुनै सम्बन्ध देखिँदैन ।’

भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । उनको टौदहमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ ।