काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गर्नुभएको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गर्नुभएको हो ।
विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै दाहालले भन्नुभयो, ‘भोली स्वयम विप्लप पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन । अरुलाई पनि फाइदा गर्दैन् । मलाई भरोसा छ एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्नुहुन्छ ।
अरु साथीहरु पनि आउँछन् जो अहिले पनि सानोसानो चुलो चौकी राखेर बसिराख्नुभएको छ । त्यसबाट केही हुँदैन भनेर त बुझ्नुभएको छ होला । सबैलाई देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ । ’
अध्यक्ष दाहालले बाँकी रहेका सबैलाई अफ्ठ्यारो नमानी आउन अपिल गर्नुभयो । गरिहाले, हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पु¥याउने काम नगरि छिटो पार्टीमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । ‘अफ्ठ्यारो नमानिकन गरिहाले हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पु¥याउने काम नगरीकन छिटो जोडिन् आउन अपिल गर्न चाहान्छु’, दाहालले भन्नुभयो ।