काठमाडौं । केही दिनयता प्रतिकुल रहेको मौसम आजदेखि सुधार हुदै जाने मौसम पुर्वानुमान महाशाखालदे जनाएको छ । पश्चिमी वायुको प्रभावले केही दिनयता मौसम बदली भएर कतै पानी र कतै हिउँ परेको थियो ।
आजदेखि सुधार हुने मौसम शनिबारदेखि सोमबारसम्म सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जानेछ । तर बेलुकाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।