Aafno Khabar

सलमानले दिए दबंग ३ का भिलेनलाई कार उपहार

  • २०७६ पुष २४ गते ११:०४ प्रकाशित

एजेन्सी । अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ ले बक्सअफिसमा १ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । फिल्मको कमाईबाट सलमान निकै खुसी छन् ।

सलमान कती दिलवाला छन भन्ने कुरा सबै जान्दछन् । कमाईको अधिकांंश रकम सामाजिक कार्यमा खर्चिने सलमानले ‘दबंग ३’ का भिलेन तथा साउथ सुपरस्टार किच्चा सुदीपलाई उपहार दिएर धन्यवाद व्यक्त गरेका छन् ।

सलमान उपहार लिएर सुदीपको घरमै पुगेका थिए । सलमानले सुदीपलाई डेढ करोडको कार गिफ्ट गरेका हुन् । यसको खुलासा सुदीप स्वयंले गरेका हुन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै सलमानलाई धन्यवाद भनेका छन् । ‘यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने तपाईंसँग सधैं राम्रो हुन्छ । सलमान सरले मलाई यो लाइनमा भरोसा गरेर जिउन सिकाउनुभयो,’ उनले लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘सलमान सर मेरो घर उपहारसहित आउनुभएको थियो । एउटा प्यारो उपहार । मलाई र मेरो परिवारलाई प्रेम दिनुभएकोमा तपाईंलाई धन्यवाद ।

तपाईंसँग काम गर्न र तपाईं मेरो घरमा आउनु मेरो लागि सौभाग्यको कुरा हो ।’ किच्चा सुदीप आफू सलमान खानको निकै ठूलो फ्यान रहेको बताउँछन् । उनी सलमानलाई निकै आदर गर्ने गर्दछन् ।

सम्बन्धित शीर्षकहरु