Aafno Khabar
add khanepani

नेपाली लिगका कीर्तिमान खेलाडी साहुखल, जसको फुटबल यात्रा यस्तो

  • January 8, 2020 प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व स्टाइकर सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् ।

बुधबार दशरथ रंगशालामा नेपाल पुलिसक्लब विरुद्ध १८ औं मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

साहुलले एक सय गोलको कीर्तिमान मात्रै बनाएनन हारको संघारमा रहेको आफ्नो टीम च्यासल युथ क्लबलाई हारबाट समेत जोगाए । उनले पुलिसविरुद्धको खेलमा २ गोल गर्दै आफ्नो नाममा १०१ गोलको कीर्तिमानी आंँकडा पार गरेका छन् ।

१७ वर्षअगाडी थ्रिस्टार क्लबबाट व्यवसायीक खेल सुरु गरेका साहुखलले डेब्यू खेलमै संकटाविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए ।

उनले वि.स. २०६० मा थ्रिस्टारबाट ६ गतेल गरेका थिए । २०६१ मा एपीएफ र २०६२ मा पुनः थ्रिस्टारबाटै ६ गोल गरेका थिए । त्यसैगरी २०६३ को सिजनमा थ्रिस्टार टीमबाट ११ गोल गरेका साहुखलले २०६६÷०६७ मा सोही टीमबाट १९ गोल गरे ।

२०६८ मा मनाङ १६ गोल, ०६९ र ०७० मा थ्रीस्टारबाट क्रमशः १७ र ९ गोल, २०७५ मा च्यासलबाट ३ गोल गरेका साहुखलले जारी सिजनमा च्यासलबाटै अहिलेसम्म ४ गोल गरिसकेका छन् ।