Aafno Khabar

आजदेखि देशभरिकै मौसम सुधार

  • January 5, 2020 प्रकाशित

काठमाडौं । आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अहिले काठमाडौंसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनुभयो । सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ । नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आइतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।