एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन ।
ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका छन । ईरानको कुद्स फोर्सका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो बयान आएको हो ।
गएको शुक्रबार अमेरिकी हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । यो घटनापछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने बताएको छ । ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताउँदै भने, ‘निकै महत्वपूर्ण छ । ईरान र उसको संस्कृतिको लागि निकै महत्वपूर्ण छ । ऊ निशानामा छ, ईरानले अमेरिकामाथि आक्रमण गर्छ भने निकै छिटो र मजबुतीका साथ आक्रमण गरिनेछ ।’ ट्रम्पले ती ५२ ठाउँले अमेरिकाको प्रतिनिधत्व गर्ने बताएका छन् । जसलाई सन १९७९ मा ईरानले एक वर्षसम्म बन्दी बनाएर राखेको थियो ।