Aafno Khabar

लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न कांग्रेस तयार : नेता कोइराला

  • January 4, 2020 प्रकाशित

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउनुभएको छ ।

नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिबार यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिनुभयो ।

कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सरकारलाई सुझाव दिनुभयो ।।

सम्बन्धित शीर्षकहरु