Aafno Khabar

कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु

  • January 2, 2020 प्रकाशित

बाजुरा । बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिनुभयो ।

से १ च १०६४ नम्बरको जिप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो । घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ । एकजना नदीमा हराइरहेको जानकारी दिइएको छ ।