Aafno Khabar

बझाङको साइपाल गाउँपालिकामा भारी हिमपात, जनजीवन प्रभावित

  • २०७६ पुष १७ गते ०३:५३ प्रकाशित

बझाङ । बझाङको साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ ।

हिमपातका कारण साइपाल गाउँपालिकाका अधिकांश बस्तीकाे जनजीवन प्रभावित भएकाे छ ।

हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् ।

लगातार हिमपात भइरहेका कारण गाउँपालिकाका आठ वटा विद्यालय बन्द भएकाे बताइएकाे छ ।

सम्बन्धित शीर्षकहरु