Aafno Khabar

कुन चिया स्वास्थ्यका लागि कती फाइदाजनक

  • December 28, 2019 प्रकाशित

अहिले चिसो समय छ । चिसो मौसममा चिया धेरैजनालाई स्वादिलो पिय पदार्थ हुन सक्छ । तर हामीले खाने चिया कती स्वस्थकर रहेको छ भन्ने कुरा धरैजनलाई जानकारी नहुन सक्छ । आज हाी विभिन्न गरीका चियाका बारेमा चर्चा गर्नेछौ ।

सबैभन्दा पहिलो कुरा के बुझ्न अनिवार्य छ भने हर्बल टीलाई चिया नै मानिँदैन । किनभने यो केमेलिया साइनेन्सिस प्लान्टबाट प्रोसेस गरेर बनाइँदैन । तिनीहरु त फूल, हर्ब, बीउ, जरा अथवा बिरुवाको बोक्राबाट बनाइन्छ । जहाँसम्म कफिनको मात्राको कुरा छ । सम्पूर्ण हर्बल टीहरु कफिन फ्रि हुन्नन । सबैभन्दा राम्रो के हुन्छ भने हर्बल टी किन्नु अघि सधैं लेबल पढ्ने बानी बसालौं ।

टी ब्यागबाट चिया बनाउन निकै सजिलो हुन्छ । तर, याद राख्नु पर्ने कुरा के छ भने चियाको पत्ती सधैं टी ब्यागभन्दा उत्कृष्ट हुन्छ । टी ब्यागमा चियाको पत्ती टुक्रिएको अवस्थामा हुन्छ र त्यसमा इसेन्सल ओयल तथा अरोमा कम हुन्छ । त्यसैले चियाको पत्ती नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बेसारवाला चिया
जब तपाईंंको पाचन तन्त्रसँग जोडिएको समस्या पैदा हुन्छ । त्यसमा राहत र्पुयाउनका लागि बेसारको नाम अग्रपंक्तिमा आउँछ । एन्टिइन्फ्लेमेट्री तथा एन्टिअक्सिडेन्ट प्रोपर्टीका कारणले बेसारको प्रयोगले थुप्रै प्रकारका बिमारीहरुलाई टाढा राख्न सकिन्छ ।

बेसारसँगै चियामा एक चुट्की मरिच पनि राख्नुपर्छ । यो चियाको सेवले पेटबाट ग्यास, पेट फूल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ र पाचन प्रणाली पनि राम्रो भइरहन्छ ।

सौंपवाला चिया
पेट तथा पाचनसँग जोडिएको समस्या जस्तै पेटको दुःखाई, पेट फुल्नु अथवा कब्जियतलाई टाढा राख्नका लागि लामो समयदेखि सौंपको प्रयोग गर्दै आइएको छ । सौंपमा त्यस्तो कम्पाउण्ड पाउन सकिन्छ । जसले ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्टको प्यासेजलाई रिल्याक्स गराउँछ ।

जसबाट पेटमा भरिएको ग्यास सजिलै बाहिर निस्कन्छ । तपाईंंले चाहनुभयो भने सौपलाई पानी अथवा सौंपलाई चियामा मिसाएर पनि सेवन गर्न सक्नुहुनेछ ।

अदुवाको चिया
अदुवा पनि पेटसँग सम्बन्धित समस्याहरुलाई टाढा राख्नका लागि सबैभन्दा उपयुक्त मानिन्छ । अधिकांश व्यक्तिहरु पेट फल्ने समस्या अथवा डाइरियाको समस्यामा अदुवाका सप्लिमेन्ट्सहरु प्रयोग गर्छन ।

अदुवामा जिन्जरल नामक बायो एक्टिभ कम्पाउण्ड पाउन सकिन्छ, जसले पेट फुल्ने समस्यालाई कम गर्न सहयोग र्पुयाउँछ । त्यसो त अदुवाको चिया बनाउनका लागि ताजा अदुवाकै प्रयोग गर्नु पर्छ । किनभने त्यसमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ ।

सम्बन्धित शीर्षकहरु