Aafno Khabar

चुनौतीको सामना गर्न थपिएको एउटा अनलाइन

  • December 27, 2019 प्रकाशित

इन्टरनेटको माध्यमबाट समाचार सम्प्रेषण गरिने, नियमितरुपमा अपडेट गरिने एवम निरन्तर प्रकाशन भइरहने पत्रकारिता अनलाइन पत्रकारिता हो । छापा तथा विद्युतीय माध्यमभन्दा अलग किसिमको गुण भएकोले यसलाई न्यू मिडिया र यसबाट गरिने पत्रकारितालाई न्यू मिडिया पत्रकारिता भनिन्छ ।

अनलाइन पत्रकारिताले परम्परागत पत्रकारितामा व्यापक परिवर्तन ल्याएको पनि छ । सुरुमा यसले छापा माध्यम लगायतका सम्पूर्ण परम्परागत पत्रकारितालाई नै विस्थापित गर्ने होकि भन्ने अनुमान पनि गरिएको थियो ।

अनलाइन पत्रकारिता भनेको के हो ? यसका वर्तमान समस्या के हुन ? र यसलाई भविष्यमा आउन सक्ने समस्या के हुन सक्छन ? यी सबै कुरा बुझेको टिम हो आफ्नो खबर टिम ।

तर अहिले यसलाई परम्परागत पत्रकारितालाई नै सहयोग गर्ने प्रविधिको रुपमा ग्रहण गर्न थालिएको छ । अहिले अधिकांश पत्रपत्रिकाले आफ्ना अनलाइन मार्फत विश्वभर पु¥याएका छन । विश्वको जुनसुकै स्थानबाट पनि इन्टरनेटको सहयोग मार्फत हेर्न र पढन सकिने भएकाले यसको पहुँच विश्वव्यापी रहेको छ र प्रयोग पनि सहज छ ।

यसरी विभिन्न संघ–संस्था, व्यापारिक प्रतिष्ठान तथा सञ्चार गृहलगायतले वेबसाइट सञ्चालनमा ल्याउने क्रमले तिब्रता पाएको छ । नेपाली भाषामा मात्र अहिले सयौंको संख्यामा अनलाइन साइटहरु सञ्चालनमा रहेका छन ।

तीमध्ये समाचार प्रवाह गर्ने उद्देश्यले नै सञ्चालनमा ल्याइएका साइट पनि धेरै रहेका छन नेपालमा । यही भिडमा आफ्नो खबर डटकम नामको अनलाइन लिएर हामी पनि उपस्थित भएका छौ ।
अहिले सञ्चालनमा रहेका सबै अनलाइन व्यवसायिक रुपमै सक्रिय र नियमित हुन सकिरहेका छैनन । सँगै नियमित सञ्चालनमा रहेका अनलाइन मध्य पनि सबै अनलाइनले पञकारिताको मर्मलाई आत्मसाथ गर्न सकेका छैनन् ।

यती भनिरहँदा हामी फरक ग्रहबाट आएका र हामीले अब अनलाइन पत्रकारितामा क्रान्ति नै गर्छौ भनेर भन्न खोजेको पनि होइन । मात्र हामीले अनलाइन पत्रकारिता गरिरहँदा पत्रकारिताको सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसाथ गर्नेछौ ।

व्यवसायिकताको नाममा गुनगान र आर्थिक उर्पाजनका नाममा अश्लिल सामाग्री अहिले अनलाइन पत्रकारितामा देखिएको विषम चुनौती हो । यीनै चुनौतीले निम्त्याएको समस्या भनेको आम नागरिकले अनलाइन पत्रकारितालाई हेर्ने दृष्ट्रिकोण नकारात्मक बनाउनु हो ।

नेपालमा अनलाइन पत्रकारितालाई सरकारी स्तरबाट पनि उपेक्षा गरिएको पाइन्छ । अन्य सञ्चार माध्यमलाई जस्तो मान्यता अनलाइनहरुले सरकारी स्तरबाट पाइरहेका छैनन् । सूचना सम्प्रेषणको तरिका फरक भए पनि अनलाइन पत्रकारिता अन्य पत्रकारिताभन्दा भिन्न छैन ।

यसलाई त झन आम नागरिकले सरल सूचना प्रवाहको रुपमा ग्रहण गरेका छन् । जसलाई सरकारले समयमा नै व्यवस्थापन र अनुगमन गर्नुपर्ने देखिन्छ । सरकारले अनलाइन पत्रकारिताका लागि स्पष्ट ऐन र कानुन बनाउँदा अनलाइनलाई व्यवसायिक बन्न टेवा पुग्छ र यसको सञ्चालन पारदर्शितासँगै सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्छ ।

समग्रमा, अनलाइन पत्रकारिता भनेको के हो ? यसका वर्तमान समस्या के हुन ? र यसलाई भविष्यमा आउन सक्ने समस्या के हुन सक्छन ? यी सबै कुरा बुझेको टिम हो आफ्नो खबर टिम ।

हामीले माथी पनि उल्लेख ग¥यौ, अनलाइन पत्रकारिताका चुनौती धेरै छन, अब नेपालमा अनलाइन धेरै भइसके । तर, हामीले आभाष गरेको कुरा के हो भने धेरैको भिडमा खास पत्रकारिता गर्ने अनलाइन कम रहेका छन् ।

अहिले नेपालमा सनसनीपूर्ण र उत्तेजक अनी भ्रमित पार्ने खालका समाचार प्रेषित गरेर सामाजिक आतंक फैलाउने अनलाइन हुन धेरै भएका । हामी प्रण गछौ, सामाजिक आतंक हाम्रो ध्यय हुने छैन । छिटो समाचारका नाममा गलत र बिकाउ समाचारका नाममा उत्तेजक सामाग्री हामीबाट टाढा राख्ने प्रयास गर्नेछौ ।

यती भनिरहँदा हामी फरक ग्रहबाट आएका र हामीले अब अनलाइन पत्रकारितामा क्रान्ति नै गर्छौ भनेर भन्न खोजेको पनि होइन । मात्र हामीले अनलाइन पत्रकारिता गरिरहँदा पत्रकारिताको सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसाथ गर्नेछौ ।

अन्त्यमा, अनलाईन पत्रकारिता प्राविधिक कुरामा अलिक धेरै निर्भर गर्ने र अन्यको तुलनामा छरितो सूचनाको माध्यम पनि हो । कारणबस सूचना प्रवाहको क्रममा केही त्रुटी र गलत भएका त्यसलाई सच्याउने काममा हामी निरन्तर लाग्नेछौ र तपाईहरुले त्यसलाई सहज रुपमा लिनुहुनेछ भन्ने विश्वास पनि । धन्यवाद ।