काठमाडौं । आइतबार दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । यो दुर्घटनासँगै नेपालमा पछिल्लो एक महिनमा ५ ठूला सवारी दुर्घटना भएका छन् ।
अनी यी दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । यो एक महिनाको अवधिमा भएको सवारी दुर्घटनाको तथ्याङ् हेर्दा नेपालको सडकको दर्दानाक अवस्था देखाएको छ । गत कात्तिक १७ गते सिन्धुपाल्चोकमा नै भएको सवारी दुर्घटना १७ जनाको मृत्यु भएको थियो । यो सँगै यही सडकमा एक महिनाको अवधिमा ३२ जनाले ज्यान गुमाउन परेको छ ।
यो सडक मात्र होइन, नेपालका अन्य सडक पनि सुरक्षित छैनन् । गत मंशिर ११ गते अर्घाखाचीमा भएको सवारी दुर्घटनामा १९ जनाको मृत्यु भयो । मंशिर १६ गते सुनसरीमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भयो ।
मंशिर १७ गते बाग्लुङमा भएको सवारी दुर्घटनामा १४ जनाले अनाहकमा ज्यान गुमाउन बाध्य भए ।