Aafno Khabar

लागुऔषध सहित एक पक्राउ

  • नयाँ पत्रिका
  • २०७५ असार १७ गते १२:५० प्रकाशित

काठमाडौंबाट लागुऔषध सहित एक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई सुन्धाराबाट पक्राउ गरिएको हो ।

पर्सा बिरगञ्ज वार्ड नं. ४ विर्ताका २९ वर्षीय दिलावर खानलाई पक्राउ गरिएको हो । उनको साथबाट डाईजेपाम पाँच सय १५ एम्पुल, बुप्रिनर्फिन नुफिन चार सय एम्पुल र फेनारगन पाँच सय १८ एम्पुल गरी जम्मा एक हजार चार सय ३३ एम्पुल सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका दिलावर खान विगत लामो समय देखि नेपाल–भारत सीमाबाट नियन्त्रित लागु औषध कारोबारमा सक्रिय रहेको प्रहरीको भनाइ छ । उनी काठमाडौं लगायतका शहरहरुमा कारोबार गर्ने सञ्जालको सदस्य समेत भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु