Aafno Khabar
ट्रेन्डिङ खबर

त्रिविले अब भौतिक उपस्थितिमै कक्षा सुरु गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच पुग्न नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट बञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा...

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको...

आज एकसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल शिलान्यास हुँदै

काठमाडौं । सरकारले आज एकसाथ ३ सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा...

कोराेना संक्रमित थप २५ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको कारण २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । आइतबार नेपालमा थप १२ सय ५५ जनामा कोरोना...

कोरोना अपडेट : थप १२ सय ५५ जना संक्रमित

काठमाडौं । नेपालमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८ नमुना परीक्षण गर्दा १२ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख...

हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

काठमाडाैं । बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा चरा ठोक्किएपछि बेलकोटगढी गाउँपालिकामा आकस्मिक अवतरण गरिएको हो । हेलिकप्टरमा पाइलट, गलकोट नगरपालिका- ३ का अध्यक्ष वीरजंग भण्डारीसहित छ जना सवार थिए । हेलिकप्टरमा रहेका...

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

एजेन्सी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति राखिएको एउटा सङ्ग्राहलय छ। ती सबै कलाकृति एउटै व्यक्तिलाई समर्पित छन् । जनताका वैज्ञानिक अर्थात्...

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १० हजार ४६० जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६०, मोरङमा...

कोरोना अपडेट : १०४६० परीक्षण, १७०३ संक्रमित, संक्रिय संक्रमितको संख्या १७२३७

काठमाडौं। नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १० हजार ४६० जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख...

नेपालका सांसद र सरकारी कर्मचारी एसियाकै भ्रष्ट : सर्वेक्षण

काठमाडौं । एउटा सर्वेक्षणमा सहभागी नेपालीहरूले सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भएको मत व्यक्त गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ देशमा गरेको सर्वेक्षणका आधारित ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता...