Aafno Khabar

हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

  • आफ्नो खबर
  • November 29, 2020 प्रकाशित

तस्बिर : galkotfm.com

काठमाडाैं । बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

हेलिकप्टरमा चरा ठोक्किएपछि बेलकोटगढी गाउँपालिकामा आकस्मिक अवतरण गरिएको हो ।

हेलिकप्टरमा पाइलट, गलकोट नगरपालिका- ३ का अध्यक्ष वीरजंग भण्डारीसहित छ जना सवार थिए । हेलिकप्टरमा रहेका सबै जना सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको र हेलिकप्टरमा सामान्य क्षति भएको जनाइएको छ ।