Aafno Khabar
ट्रेन्डिङ खबर

सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा रवि पहिलो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य...

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । अन्तिम मतगणना चलिरहँदा गन्न बाँकी मत भन्दा गौचनको अग्रता धेरै...

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइतेको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो...

मताधिकार प्रयोग गर्न मतदातालाई निर्वाचन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपिल गरेको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै...

निर्वाचन विरोधी गतिविधि भए कारबाहीको अधिकार मतदान अधिकृतलाई

काठमाडौं । निर्वाचन आयोगले मतदान समय मतदातालाई धाकधम्की दिने लगायत अन्य कुनै अराजक गतिविधि हुन नदिन सबै पक्षलाई आग्रह गरेको छ । यस्ता गतिविधि भए तत्काल कारबाही गर्न आयोगले सम्बन्धित मतदान अधिकृतलाई निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो...

निधन भएका थापाको ठाउँमा मोरङमा कांग्रेसका मानबहादुर लिम्बुलाई टिकट

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो । नेपाली...

प्रकाशमान सिंह भन्छन – मतदाताले मन पराएसम्म चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको...

कास्कीका तीन क्षेत्रमा निर्वाचन: ‘ब्रेक थ्रु’ कि पुरानै निरन्तरता ?

कास्की । अहिलेसम्म स्वर्गीय रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता भएका छन् । तुलबहादुर गुरुङले लगातार दोस्राेपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेद्वारले लगातार चुनाव जितेको रेकर्ड छैन । यसपटक केही क्षेत्रमा उम्मेद्वार पुरानै छन् भने केही...

वैदेशिक रोजगारीमा गएकालाई अनिवार्य १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू भएको छ । धितोपत्र बोर्डले आज धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागु गर्दै आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको हो । सरकारले चालु...

संसदीय समितिको निर्देशन : केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय बनाऊ

काठमाडौं । राष्ट्रिय सभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । समितिले आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा प्रदेश मन्त्रीहरुको संख्या न्युनतम पाँच...