Aafno Khabar
Feature News

१० रुपैयाँमा खाना खाने ठाउँमा थेगी नसक्नु भिड

विराटनगर । विराटनगरको मेनरोडस्थित जैन भवन छेउमा केही दिनयता निकै ठूलो भिड देखिने गर्छ । बटुवाहरू के भएछ भनेर हेर्छन । सडकपेटीमा टाँगिएको टेन्टमुनि हातमा थाल लिएका मानिसहरूको लामो लाइन हुन्छ । पढ्न सक्नेले भरपेट खानाको रु १० टेन्टमा लेखिएको...

इरानमा अमेरिकी आक्रमणपछि विश्र बजारमा तेलकाे भाउ इतिहासकै महँगाे

एजेन्सी ।  अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हाे । इराकको राजधानी बग्दादमा...

मिल्यो अनेरास्ववियूको भागबन्डा,अनेरास्ववियू केन्द्रीय सदस्यको (सूचीसहित)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ । तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको...

इपीएलमा दक्षिण अफ्रिकाका पूर्व टेष्ट कप्तान असिम आमलाले खेल्ने निश्चित

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमला नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका छन् । अमला कुन टिमबाट ईपीएल खेल्ने भन्नेबारे भने अहिले तय नभएको  इपीएलले बताएकाे छ ।...

सरकार र उखु किसानबीच पाँचबुँदे सहमति, रोकियो किसानको आन्दोलन

काठमाडौं । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो । यससँगै उखु किसानको आन्दोलन स्थगित छ । सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता...

अमेरिकालाई इरानको चेतावनी, अन्तर्राष्ट्रिय आतङ्कवादको कडा प्रतिवाद हुन्छ

एजेन्सी । अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानका सर्वोच्च नेताले अपराधीहरूमाथि कडा बदला लिने बताएका छन । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले त्यस्तो प्रतिक्रिया दिएका हुन...

डढेलोको खतराले अस्ट्रेलियामा एक हप्ता लामो सङ्कटकाल

एजेन्सी । डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ । प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको...

रोचक जीवनका लागि नेपाल घुम्न पर्यटन मन्त्रीको आग्रह

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमण वर्षको निम्तो दिनुभएको छ । भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन विश्वभरका नागरिकलाई आग्रह गर्नुभएको हो । विश्वमा...

पार्टीको निर्णय सबैले मान्नुपर्छ : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री...

सर्वोच्चले माग्यो सुगौली ऐतिहासिक दस्तावेज र नक्सा

काठमाडौं । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदेश दिएको हो...