Aafno Khabar

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने कारागार चलान

  • आफ्नो खबर
  • April 7, 2025 प्रकाशित

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई कारागार चलान गरिएको छ। सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार उनलाई सोमबार रुपन्देही जिल्ला अदालतमा पेश गरेपछि रुपन्देहीस्थित जिल्ला कारागारमा राखिएको हो।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले शनिबार बिहान भैरहवा लगेको थियो। यसअघि जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सो आदेशलाई उच्च अदालतले बदर गर्दै उनलाई थुनामा पठाउन निर्देशन दिएको हो।