Aafno Khabar
add khanepani

रंगशालाको ऋण तिर्ने र निर्माणको कार्य एक साथ अगाडि बढ्छ-रेनु दाहाल

  • आफ्नो खबर
  • March 25, 2023 प्रकाशित

फाइल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी छन् ।

नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुवर्षिय सहमतिसहित रंगशाला निर्माणको टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भइरहेको उल्लेख गरेकी हुन् ।

रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भइरहेको जानकारी दिइन् । महानगरपालिका प्रमुख दाहालले ऋणकै कारण संघ र प्रदेशबाट विनियोजन भएको २२ र ५ करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको उल्लेख गरिन् ।

गौतम बुद्ध क्रिकेट रंगशाला क्रिकेट खेल्न मात्र नभई बहुउद्देश्यीय रंगशाला भएकाले त्यहाँ इन डोर र आउट डोर दुवै खेल खेल्न सकिने भएकाले सबै विधाका खेल खेल्न सकिने दाहालले बताइन्।

भरतपुर महानगरपालिका नेपालका ७५३ पालिका मध्ये खेलकुद गतिविधि गर्ने र पूर्वाधार निर्माण गरेर उत्कृष्ट भई प्रधानमन्त्रीबाट पुरस्कृत भएको उल्लेख गरिन् ।

रतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद हुनका साथै सबै विधाको खेल गतिविधि हुँदै आएकाले खेलकुदको हब बन्नेतर्फ उन्मुख भएको उनको भनाई थियो ।