Aafno Khabar
add khanepani

यी हुन मधेशका ६ जिल्लामा जनमत पार्टीका इन्चार्ज

  • आफ्नो खबर
  • March 25, 2023 प्रकाशित

धनुषा । जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।

ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताएका छन् ।

पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् ।

त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिएका छन् ।

सम्बन्धित शीर्षकहरु