Aafno Khabar

काठमाडौंको भित्रि बस्तिमा कांग्रेस र एमालेलाई राम्रो मत, बालेन परे पछि

  • आफ्नो खबर
  • May 19, 2022 प्रकाशित

काठमाडौं । काठमाडौं महानगरको भित्री बस्ती (नेवार समुदायको बाहुल्यता) रहेको क्षेत्रमा मत गणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाह पछि परेका छन् ।

अहिले नेवार समुदायको बाहुल्यता रेहेका वडा नम्बर २७ र वडा नम्बर ८ को मतगणना चलिरहेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, २८, २९, ३०, ३१ र ३२ मा मतगणना अन्तिम पुग्दा बालेनको अग्रता दोब्बर भन्दा बढी छ ।

तर, वडा नम्बर २७ को प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले)का केशव स्थापितले सुरुवाती अग्रता प्राप्त गरेका छन् । वडा नम्बर ८ को मतगणनामा भने नेपाली कांग्रेसकी सिर्जना सिंहको अग्रता छ ।

वडा नम्बर २७ को प्रारम्भिक परिणाममा ५०० मत गन्दा स्थापित एक्लैले १७३ मत ल्याएका छन् जबकी स्वतन्त्र उम्मेदवार बालेन साहको ६७ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १२६ मत मात्र प्राप्त गरेकी छन् ।

यस्तै, वडा नम्बर ८ को ७०० मत गणनामा कांग्रेसकी सिंहले २१२ र एमालेका स्थापितले १६० र बालेनले १९२ मत ल्याएका छन् ।

हालसम्मको मतगणना अनुसार भने बालेनको अग्रता कायम छ । बालेनले स्थापितलाई १२०८७ मत र सिंहलाई १२७२५ मतले पछि पारेका छन् ।

हालसम्म बालेनले २५१८५ मत ल्याउँदा स्थापितको १३०९८ र सिंहको १२४६० मत आएको छ ।

उता, पोखरा महानगरपालिकामा अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ । नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ ।

पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् । नेकपा ९एमाले०का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उमेदवार शंकर खरालले दुई हजार ३०४ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल ९गनेस० एक हजार २१२ मतसहित चौथो स्थानमा छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मतपरिणाम आइसकेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले

८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको जानकारी दिएका हुन् । उनले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको बताए ।

जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी

कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका उनले जानकारी दिए । बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने उनले जानकारी दिए ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए ।

प्रवक्ता पौडेलले पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने बताए ।