Aafno Khabar

डलरको भाउ नेपाली ११६ मा झर्‍यो, के छ अन्य देशको अवस्था ?

  • आफ्नो खबर
  • September 3, 2021 प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ ।

बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको छ । शुक्रबार युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ रुपैयाँ ९१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ३३ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८६ रुपैयाँ ५६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ५० पैसा र बिक्री दर ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६० पैसा र बिक्री दर १० रुपैयाँ ६५ पैसा रहेको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०५ पैसा र बिक्री दर १८ रुपैयाँ १५ पैसा रहेको छ । साउदी अरबियन रियाल शुक्रबार एकको खरिद दर ३१ रुपैयाँ ०९ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३१ रुपैयाँ ६१ पैसा र बिक्री दर ३१ रुपैयाँ ९१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।