काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१५ हजार ६ सय ११ जनामा गरिएकाे परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमा १० हजार ९३ पीसीआर परीक्षणबाट २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षणबाट ८८५ जनामा संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । २ हजार ४५८ जना निको भएको मन्त्रालयले जनाएकाे छ ।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जना पुगेकाे छ ।
संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने ज्यान गुमाउनेकाे कुल संख्या १० हजार ३२७ पुगेको मन्त्रालयकाे तथ्यांक छ ।