Aafno Khabar

कोरोना संक्रमण डरलाग्दो गरी फैलियो, अस्पतालमा राखेर उपचार गर्न सक्दैनौँ : सरकार

  • आफ्नो खबर
  • April 30, 2021 प्रकाशित

काठमाडौं । कोरोना संक्रमण उच्च गतिमा फैलिएको भन्दै सरकारले अस्पतालमा राखेर उपचार गर्न नसक्ने जनाएको छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको सरकारको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको हो ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।