Aafno Khabar

मतदानको समयमा हराएका सांसद शाहीले भने : पार्टी निर्णयप्रति प्रतिबद्ध छु

  • आफ्नो खबर
  • April 29, 2021 प्रकाशित

कास्की । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमा मतदान हुनुअघि सम्पर्कविहीन भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले पार्टी निर्णयप्रति आफू प्रतिबद्ध रहेको जनाएका छन्।

मतदानको समयमा पोखराको चरक अस्पतालमा भर्ना भएका शाहीले बिहीबार विज्ञप्ति जारी गर्दै आफू बिरामी परेर उपचार गराइ रहेको र पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको जनाएका हुन्।

उनलाई मुख्यमन्त्री गुरुङले आफूविरुद्धको प्रस्ताव फेल पार्न अस्पताल पु¥याएको आरोप लागि रहेको छ । एक जना सांसदसमेत निर्णायक हुने अवस्थामा बुधबार शाही सम्पर्कविहीन भएपछि मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पेश नभइ प्रदेशसभा बैठक नै अनिश्चित समयका लागि स्थगित भएको छ।

प्रदेशमा तीन सांसद रहेको उनको पार्टी राष्ट्रिय जनमोर्चाले गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिएको छ।

शाहीले आफ्ना बारेमा गलत प्रचार गरिएको दाबी गर्दै अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरिदिन आग्रह गरेका छन् । उनी बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित भएका थिए।

गण्डकीमा हराएका जनमोर्चाका सांसद आईसीयूमा भेटिएपछि