काठमाडाैं । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका छन् ।
राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका थिए । राजीनामा दिएपछि उनीहरु गाडी छोडेर हिडेर संसदीय दलको बैठकमा सहभागि भएका थिए ।
राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन् । एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।