Aafno Khabar

प्रधानमन्त्री ओली जसपाका मागप्रति सकारात्मक, सत्ता सहकार्य हुने संकेत

  • आफ्नो खबर
  • March 11, 2021 प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गर्नुभएको थियो । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

जसपाका नेताहरुले राखेका शर्तहरु ‘कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन’ लगायतका मुद्धामा प्रधानमन्त्री सकारात्मक देखिनुभएको जसपा नेताहरुले बताएका छन् ।

एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ । जसपाले अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए ।