Aafno Khabar

सरकारले किन रोक्यो खरिदारको सरुवा ?

  • आफ्नो खबर
  • December 30, 2020 प्रकाशित

कामठाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा–पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ।

मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवारपदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।

सरूवा रोक्ने निर्णय गत पुस ८ गते बसेको मन्त्रालयको बैठकले गरेको थियो। कर्मचारी बढुवा प्रयोजनका लागि सुगमबाट दुर्गम कर्मचारी जान खोजेको र लामो समयदेखि दुर्गम बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनका लागि मर्का परेको गुनासोपछि पुस मसान्तसम्म सरूवा रोक्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।