Aafno Khabar

मुख्यमन्त्री राईले हटाए प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई

  • आफ्नो खबर
  • December 26, 2020 प्रकाशित

काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा (६) को (२)(ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो ।

मुख्यमन्त्री राई, नेकपा ओली समूहका हुन् । पूर्व माओवादी खेमामा आङ्बो प्रचण्ड– नेपाल समूह समूहमा लागेका छन् । यो समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।