Aafno Khabar

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

  • आफ्नो खबर
  • December 7, 2020 प्रकाशित

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका विभिन्न जिल्लामा कहाँ कति कोरोना संक्रमित थपिए त ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६७, रुपन्देहीमा ५३, चितवनमा ३६, भक्तपुरमा ३१, कास्कीमा ३०, कपिलवस्तु र दाङमा २८/२८, कञ्चनपुरमा २७, कैलालीमा २४, झापा र अछाममा २२/२२, मोरङमा २०, सुर्खेतमा १६, काभ्रे र अर्घाखाँचीमा १५/१५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पाल्पामा १४, प्युठान र डडेल्धुरामा १२/१२, सुनसरी र पर्वतमा ११/११, इलाम, तनहुँ, नवलपरासी पश्चिम र बझाङमा १०/१०, बारा, मकवानपुर, बाग्लुङ र बाँकेमा ९/९, धादिङ र नवलपरासी पूर्वमा ८/८, संखुवासभा र स्याङ्जामा ६/६, सप्तरी, सिन्धुपाल्चोक र लमजुङमा ५/५, नुवाकोट, गोरखा, मुगु र जुम्लामा ४/४ जना संक्रमित भेटिएका छन् ।

धनुषा, सिराहा, ताप्लेजुङ, दोलखा, कालीकोट र बर्दियामा ३/३ जना, पर्सा, ओखलढुंगा, सर्लाही गुल्मी, दैलेख, जाजरकोट, रोल्पा र बैतडीमा २/२ र पाँचथर, तेह्रथुम, रौतहट, महोत्तरी, रामेछाप, सिन्धुली र बाजुरामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।