Aafno Khabar

कोरोना अपडेट : १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

  • आफ्नो खबर
  • December 3, 2020 प्रकाशित

काठमाडौं । नेपालमा थप १३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९२८९ जनाको पीसीआर परीक्षणमा १३४३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २१११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २० हजार २ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९२ दशमलव ७ प्रतिशत रहेको छ ।

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जना संक्रमित थपिएका छन् ।