काठमाडौं । नेपालमा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनसार अहिलेसम्म २ लाख १४ हजार ५२१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५०८ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।