फाइल तस्बिर ।
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म ४ सय ११ जनामा कोरोना संक्रमण पछि मृत्यु भएको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख १४ हजारको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।